७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

ग्याल्पो लोसारमा सार्वजनिक बिदा दिन नेपाल शेर्पा संघको माग [ज्ञापनपत्रसहित]



काठमाडौं । शेर्पा समुदायले मनाउदै आएको राष्ट्रिय चाड ग्याल्पो लोसारमा सार्वजनिक बिदा दिन नेपाल शेर्पा संघले नेपाल सरकारसँग माग गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउँदै संघले आदिवासी जनजातिले मनाउने पर्वहरुमा दिइँदै आएका सार्वजनिक बिदाहरु अबिलम्ब सच्याइ शेर्पा लगायत समग्र हिमाली क्षेत्रमा मनाउने मुख्य पर्व राष्ट्रिय ग्याल्पो लोसारको सार्वजनिक बिदाको निर्णय गर्न माग गरेको हो ।

‘हिजो आन्दोलनबाट स्थापित भएर राज्यले सम्मानपूर्वक दिएको सार्वजनिक बिदा खारेज गर्नु न्यायपूर्ण निर्णय हो ? के आदिवासी जनजातिले मनाउने पर्वहरुको बिदाले राज्यलाई समृद्ध हुनबाट रोकेको थियो ? होइन भने यी खारेज गरिएका पर्वका सार्वजनिक बिदा बिदाहरु अबिलम्ब सच्याइ, ‘अध्यक्ष गेल्जे लामा (शेर्पा) ले हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ, ‘शेर्पालगायत समग्र हिमाली क्षेत्रमा मनाउने मुख्य पर्व राष्ट्रिय ग्याल्पो लोसारको सार्वजनिक बिदाको निर्णय गरियोस् भन्दै नेपाल शेर्पा संघ मा.गृहमन्त्रीमार्फत संघीय सरकारसँग जोडदार माग गर्दछौं ।’

ग्याल्पो लोसार यस वर्ष फागुन १२ गते मनाइँदै छ ।

 

ज्ञापनपत्रको पूर्णपाठ

 

 

 

 

 

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : २७ बजे