९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग


Ang

८ फाल्गुन २०७६, बिहिबार  

0
Shares


सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो विभिन्न सञ्चारमाध्याम हुँदै सामाजिक सञ्जालहरुमा छरपष्ट भएको छ । यो घटनापछि प्रधानमन्त्री र मन्त्री बास्कोटाको सर्वत्र आलोचना गर्न थालेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेको मन्त्री बास्कोटाले एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग आफूले पाउने कमिसनका लागि सेटिङ गरेको प्रमाणसहितको अडियो हाम्राकुरा डटकमले बाहिर ल्याएको थियो ।

मन्त्री बास्कोटाले स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका थिए ।

नेकपाको दुई तिहाइको सरकारमा जिम्मेवारी पदमा रहेका सूचना तथा सञ्चार मन्त्री एवं प्रवक्ता बास्कोटाले ७० करोड कमिसनका लागि बर्गेनिङ गरेको प्रमाण आइसकेको यो अवस्थामा निजलाई तत्काल बर्खस्ता गर्न नेपाली कांग्रेसले विज्ञाप्ती मार्फत प्रधानमन्त्री केपी ओलिलाई आग्रह गरेको छ ।

मन्त्री बास्कोटाको यो घटनामा निस्पक्ष छानबिनको प्रक्रियालाई सघाउन नेपाली कांग्रेसले प्रधानमन्त्री ओलिलाई सार्वजनिक रुपमा आग्रह गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  १० : ३८ बजे