विनोद रोका, न्युयोर्क
प्रेम दिवसको पहिलो वर्ष थियो
प्रियालाई भेट्न मन आतुर थियो
सुन्दर पूmलहरु प्रेमको उपहार दिन किने
अनि, छातीमा ढ्यांग्रो ठोक्दै भेट्न पार्कतिर हिँडे ।
हामी मौन थियौ, आँखाहरु बोल्दै थिए,
आवाज थिएन, तर ओठहरु चल्दै थिए
फूल दिने बहानामा, यी हातले ती हात छोए
हामी तात्तियौ, हाम्रो तापले पूmलहरु पीडाले रोए ।
प्रिया अर्धागिंनी हुँदै बूढी भइन्,
म अर्धांगो हुँदै बाजे भएँ,
थिएन भेट्न जानु कतै, थियौ दुबै साथ
फूल किनेर फर्कंदा, प¥यो झण्डै रात ।
फूलमा सौन्दर्यता थियो पहिला झैं उन्माद थिएन
मनको तलाऊमा शान्ति थियो, पहिला झैं हुरी थिएन ।
तैपनि पुरानो स्मृतिले, अतितमा जस्तै फूल दिने रहर जाग्यो
हाम्रो स्पर्शले फूलहरु मुस्कुराए,
मलाई उनको हात पनि आफ्नो हातजस्तो लाग्यो
प्रियाले मलाई रिसाउँदै भनिन्, हन तिमी कहाँ हराएको ?
श्रीमतीलाई छुँदा पनि किन, बात लाग्लाझैं गरी डराएको ?