३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, गुजरातको क्रिकेट रंगशालाबाट सम्बोधन गर्ने



अहमदाबाद, भारत (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा आयोजना हुने सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी छन् ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका थिए । त्यसपछि उनीहरु क्रिकेट रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १२ : ४० बजे