४ असार २०८२, बुधबार | Thu Jun 19 2025

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार



काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो। शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहन नपर्ने बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  २ : ४५ बजे