१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

कोरोनाबाट अमेरिकामा दोस्रो संक्रमितको मृत्यु



वासिंगटन — कोरोना भाइरस(कोभिड–१९) का कारण अमेरिकामा स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो ।

किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो। कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ। यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो।

सोमबार बिहानसम्म अमेरिकामा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ३७ बजे