१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

कोरोनाका कारण टानको ल्होछार कार्यक्रम स्थगित



काठमाडौँ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मार्च ४ गते गर्ने भनेको संयुक्त ल्होछार कार्यक्रम स्थगित गरेको छ ।

आइतबार विज्ञप्तिमार्फत कोरोना भाइरसको प्रकोप विश्वव्यापी रूपमा फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेको कारण ल्होछार कार्यक्रम स्थगित गरिएको जनाएको हो ।

प्रत्येक वर्ष टानले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूको नयाँ वर्षको रूपमा मनाउँदै आएको ल्होछार टानले यस वर्ष पनि मनाउने कार्यतालिका थियो ।

यस वर्ष नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजन गर्न लागेको ल्होछार विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भने पछि सरकारले भ्रमण वर्षको प्रचार र प्रसारको कार्यक्रम स्थगित समयमा टानले पनि ल्होछार कार्यक्रम स्थगित गरेको टानका महासचिव सरिता लामाले बताइन् ।

टानले हरेक वर्ष गुरुङ, तामाङ, शेर्पा जातिको ल्होछारलाई संयुक्त रूपमा टान ल्होछारका आयोजना गर्दै आएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : २६ बजे