३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

अमेरिकाको टेनेसीमा आँधीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो



न्यासभिल, टेनेसी (एजेन्सी)– अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पुर्‌याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‌याएको क्षतिबारे भन्नुभयो, ‘आँधीका कारण ‘यसपटक २४ व्यक्तिको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।’

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  २ : ३८ बजे