२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारको दर्खास्त आह्वान



अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सिनामंगलमा २०७६ साल चैत ७ गतेभित्र दरखास्त दिन आह्वान गरिएको हो । नेपाल पत्रकार महासंघले यही फागुन १८ गते निकालेको सूचनाअनुसार आवेदन फारम fnjnepal.org मा गएर डाउनलोड गर्न सकिनेछ ।

पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७५ साल जेठ १ गतेदेखि २०७६ फागुन ३० गतेसम्ममा प्रकाशन/प्रशारण भएका कम्तीमा तीनवटा सामग्री महासंघको इमेल fnjnepalcentral@gmail.com मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ ।

उक्त पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिन्छ ।

पुरस्कारको राशि २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुई सय बाइस रुपैयाँ, बाईस पैसा) रहेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ११ बजे