१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा



तेहरान, इरान (एजेन्सी)– इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन् ।

यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन ।

इरानमा कोरोना भाइरसका कारण ७९ व्यक्तिको मृत्यु भइसकेको छ भने दुई हजार ५०० व्यक्ति सङ्क्रमित रहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  १० : ५५ बजे