न्युयोर्क- न्युयोर्कमा कोरोना भाइरस संक्रमणको संख्या वृद्धिसँगै मृत्यु हुनेकाे संख्या पनि दिनहुँ बढिरहेको छ । न्युयाेर्कका गर्भनर कुमाेका अनुसार बुधाबार बिहानदेखि बिहीबार बिहानसम्ममा न्युयोर्कमा १ सय जनाको मृत्यु भएको छ ।
अहिले न्युयोर्कका अस्पतालहरुमा हजाराैं विरामीहरु भर्ना भएका छन भने ४० प्रतिशतलाइ आइसियुमा राखेको उनले बताएको छ । यो अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
सन २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसले चीनमा ८१ हजार २ सय ८५ जना संक्रमित भएकोमा ३ हजार २ सय ८७ मृत्यु भएको थियो । त्यसमा ८४ हजार ५१ निको भएको जनाएको छ । चीनपछि यतिखेर सवैभन्द धेरै अमेरिका धेरै ८२ हजार १ सय ७७ जना संक्रमित भएको सुचीमा परेको छ । जसमा ११ सय ७७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाको ५० विभिन्न राज्यमा सवैभन्दा बढी न्युयोर्क राज्यमा संक्रमितको संख्या ३७ हजार २ सय ८५ संक्रमित भएकोमा ३सय ८५ जनाको मृत्यु भइसकेको जनाएको छ ।