कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला न्युयोर्क लगायत सवै राज्य र नेपालमा रहेका नेपालीलाई चिकित्सक डा केशव पौडेलले सवैलाई यतिखेर घरमै बस्न आग्रह गरेका छन । अहिलेको परिस्थितिनै फरक भएकोले यतिबेला कोही पनि बाहिर जान नहुने डा पौडेलले सुझाव दिएका छन । यदि कोही बाहिर निस्कनु बाध्य परेमा हातमा पन्जा, मुखमा मक्स लगाएर जानु पर्छ । बाहिरबाट आएको वितिकै सावुन लगाएर २० सेकेन्ड हात धुनु पर्छ । यतिबेला सवै जना घरमा बस्दा ठिक समयमा उठने, ठिक समयमा उठने, प्रोटिनयुक्ता खानेकुराहरु, तातो पानी र तातो सुपहरु खाएर सकारत्माक सोचका साथ समय व्यतित गर्नु ज्यादै उपयोगी हुने सुझाव दिएका छन ।
घरमा बस्दा कसैलाई ज्वारो आएमा टयानेल खानु पर्छ । तर धेरै ज्वारो आएर निमोनिया भयो वा श्वासप्रस्वासका समास्या आएमा मात्र अस्पतालमा उपाचारको लागी जानु पर्छ । कोरोना लाग्दैमा मान्छे मर्दैन र ८० प्रतिशत मान्छेलाई सामान्य कोरोनाको लक्षण देखेको वितिकै निको हुन सक्छ । यतिखेर स्वस्थ छु भनेर मात्र हुदैन स्वस्थ्य व्यक्तिलाई कोराना लागेमा उसलाई केही नभएपनि अरुलाई समास्या पर्नसक्छ । यो महामारी फैलिरहेको बेलामा घरमा बस्नेहरु मात्र होइन आइसियुमा र भेन्टीलेटरमा पुग्नेहरु कोही पनि अत्तिनु हुदैन । चिकित्सकले भनेको मान्नु पर्छ । उपाचार गरेर निको हुनेहरु धेरै छन । कोरोना लागेको अहिलेको परिस्थितिमा २ देखि ४ प्रतिशत मान्छे गम्भिर विरामी भएर मर्न सक्छ ।
एनआरएन अमेरिकाका पुर्व अध्यक्ष डा पौडेल न्युमेक्सिस्थित लबलेस मेडिकल डिपार्टमेन्टको निर्देशक हुन ।