४ असार २०८२, बुधबार | Thu Jun 19 2025

वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने सरकारकाे निर्णय



काठमाडौं – चैत ११ गते देखि जारी लकडाउन सरकारले  एक साता अर्थात वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।  आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउनकाे समय थप्ने निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रम बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। यस्तै चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारल गरेको थियो।

भाेलि म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले एकै चाेटी तीन साता लामो लकडाउन गरेको छ।

बिदेशबाट फर्किएका धनगढीका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ०९ बजे