न्युयाेर्क । कोभिड १९ संक्रमणका कारण विश्वभरि भय, त्रास र कष्टकर जीवन जिइरहेका बिश्वभरका नेपालीहरुको अवस्था बुझ्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका विश्वभरिका अध्यक्षहरुबीच अनलाईन कन्फ्रेन्स बैठक भएको छ ।
समितिले जनाए अनुसार बैठकमा सबै देशका अध्यक्षहरुले कोरोना भाईरसको संक्रमणको बारेमा जानकारी दिदै नेपालीहरुको स्थितिको बारेमा नेपाली कांग्रेस पाटीको जनसम्पर्क बिभाग प्रमुख गोबिन्द भटराईलाई जानकारी दिएका थिए ।
नेपाली जनसम्पर्क समितिले सबैलाई सुरक्षित रहि अफठ्यारामा परेका नेपालीहरुलाई सघाउन बिभिन्न राहत समिति बनाई कार्य गरीरहेको अध्यक्षहरुले बताएका थिए । यस्तो बिपदको बेला नेपाली दुतावास, एनआरएनए लगायतका स्थानिय संघसंस्थाहरु संग सहकार्य गरी जनचेतना जगाउने, राहत प्रदान गर्ने र सुरक्षित भएर घरमै बस्न आग्रह गर्ने जस्ता कार्यहरुलाई तिब्रता दिएको अध्यक्षहरुले बताएका थिए ।
विकसित मुलुकमा उच्च शिक्षाका लागि गएका नेपाली बिद्यार्थीहरु, पारीवारिक भेटघाटका लागि आएका अभिभावक र अस्थाई भिषामा रहेका नेपालहरुलाई संक्रमणले उत्पन्न गरेको आर्थिक समस्याले प्रत्यक्ष असर पर्न थालेको छ भने लकडाउनले नेपाल र्फकन नसक्ने बिषय जटिल बन्दै गएको छ । उनीहरूलाइ नेपाल फर्काउनका लागि सम्बन्धित निकायमा पहल गर्न बिभाग प्रमुख गोबिन्द भट्टराईलाई बैठकमा अनुरोध गरिएको थियो ।
खाडी मुलुकमा रहेका कामदार नेपालीहरुको बस्ने व्यवस्था भए पनि आर्थिक समस्या दिनप्रतिदिन बढ्दै गएको र भोलीका दिनमा लाखै कामदारहरु नेपाल र्फकन बाध्य हुनुपर्ने स्थिति बनिरहेको हुंदा नेपाल सरकारले यसको व्यवस्थापनमा समयमै उच्च योजना बनाउनु पर्ने देखिएकोले नेपाली कांग्रेसले यस बिषयलाई गम्भीरता पूर्ण लिई आवश्यक पहल गर्नु पर्ने अध्यक्षहरुले राय प्रस्तुत गरेका थिए ।
अध्यक्षहरुले दिएको विवरण एवं प्रवासी नेपालीहरुको वर्तमान स्थितिको बारेमा नेपाली कांग्रेस पार्टी सभापतिलाई जानकारी गराउँदै आवस्यक पहल गर्ने बिभाग प्रमुख भटराईले प्रतिवद्धता गरेका थिए ।
आफू सुरक्षित रही सबै नेपालीलाई मानवीय सहयोग गर्न उनले अध्यक्षहरुलाई अनुरोध समेत गरेका थिए । यो दुःखद परिस्थितिमा नेपाल सरकारले राहतका कार्यक्रम ल्याएर जिउधनको सुरक्षा गर्नुको सट्टा भ्रष्टचार एबं गैरजिम्मेवारी कार्य गर्दै नेपाली जनतामा निराषा पुर्याएको बताएका थिए ।
पहिलो पल्ट यसरी आयोजना गरीएको बैठकले एकआपसको खवर आदनप्रदान गर्न मात्र सिमित नरही अफठ्यारोमा परेका बिभिन्न देशका नेपालीहरुलाई आर्थिक एबम सामाजिक सहयोग जुटाउन समेत मद्दत पुर्याउन सकिने उत्साह पुर्ण बैठक भएको निष्कर्ष निकालिएको थियो ।
बैठकमा जनसम्पर्क बिभाग केन्द्रीय संयोजक एबं नेका केन्द्रीय सदस्य गोबिन्द भट्टराइ, नेका आमन्त्रित केन्द्रीय सदस्य तथा अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समितिः अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, जापानका अध्यक्ष रोशन केसी, बहराईनका अध्यक्ष पदम सुन्दर गुरुङ, बेल्जियमका अध्यक्ष सीता सापकोटा, मकाउका अध्यक्ष लेखबहादुर गुरुङ, क्यानेडाका अध्यक्ष बुद्धि प्रकास ओली, डेनमार्कका अध्यक्ष बिरेन्द्र सिंह कार्की, यूएईका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना, दक्षिण कोरीयाका अध्यक्ष आस्था बिन्दु मल्ल, नर्बेका अध्यक्ष जितेन्द्र शाहि, फ्रान्सका अध्यक्ष सुधिर राना, स्वीजरलेण्डका अध्यक्ष श्याम सापकोटा, कतारका कावा अध्यक्ष शंकर न्यौपाने, जर्मनका अध्यक्ष शिखर खड्का, स्पेनका अध्यक्ष इन्द्र शर्मा, ओमनका कावा अध्यक्ष सालिक चापागाई, ईजराईलका अध्यक्ष खगेश्वर अधिकारी, हङकङका अध्यक्ष मिन गुरुङ, मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनि, कुवेतका अध्यक्ष राजेन्ऽ बिरहि, साईप्रसका अध्यक्ष सिता अर्याल, पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, नेदरल्याडका अध्यक्ष प्रेमजंग गुरुङ, माल्टाका अध्यक्ष सन्देश केसी लगायतका अध्यक्षहरुले सहभागिता जनाएका थिए । करिब ४ घण्टा सम्म भएको बैठकको लागी बहराईन, जापान, अष्ट्रेलिया र मकाउका अध्यक्षहरुले प्राविधिक सहयोग जुटाएका थिए ।