२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

रौतहटका एक युवकमा पनि कोरोना संक्रमण



काठमाडौं । रौतहटका एक युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएकाे हाे ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । साेमबार नै कैलालीकाे लम्कीकी एक महिलामा संक्रमण देखिएकाे थियाे ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ५० बजे