न्युयोर्कमा दुई नेपालीको मृत्यु

२०७७ बैशाख ५, शुक्रबार ०८:३०

कोभिडको कारण न्युयोर्क निवासी महेश आमात्यको ७० बर्षको उमेरमा जमैका अस्पतालमा मृत्यु भएको छ । लामो समयदेखिन न्युयोर्कको रिज्युउडमा बस्दै आएकी शारदा लक्ष्मी श्रेष्ठको श्रीमान अमात्यको वुधाबार विहान मृत्यु भएको रिज्युउड नेपाली सोसाइटीका पुर्व महासचिव मिलनले शाही जानकारी दिएको छ । उनका अनुसार नेपालबाट करिब ९ महिना अघि मात्र न्युयोर्क आएका उनी कोभिडको कारण विहिबार विहानै मृत्यु भएको थियो । उनलाई बुधाबार मध्यरातमा अस्पताल पुर्‍याएको थियो ।

रिज्युउड सोसाइटीको सदस्य स्व अमात्यको सहयोगको लागी रिज्युउड नेपाली सोसाइटीले गोफण्ड मार्फत आर्थिक संकलन गरिरहेका पुर्व महासचिव शाहीले बताए । न्युयोर्कमा पर्वत जिल्लाबासी पवन मल्लको पनि मगलबार मृत्यु भएको थियो । उनी उनी पुर्व नेपाल प्रहरीका असई थिए । उनी समेत गरि अहिलेसम्म न्युयोर्कमा ५ जना नेपालीको मृत्यु भइसकेको छ । स्व अमात्यको सहयोगको लागी सोसाइटीले खोलेको गोफण्ड एकाउन्टको तलको लिंकमा गएर जो कसैले सहयोग गर्न सकिन्छ ।

तस्विर मिलन शाहीको फेसबुकबाट

https://www.gofundme.com/f/7nmav4-help-for-funeral-and-othe…

सम्बन्धित समाचार