४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

कोरोनाबाट अमेरिकामा ३५ हजार बढीकाे मृत्यु , ७ लाख संक्रमित



न्यूयोर्क (एजेन्सी)। कोरोना भाइरसबाट अमेरिकामा शुक्रबारसम्म मृत्यु हुनेकाे संख्या ३५ हजार नाघेको छ। अमेरिकामा चार दिनयता लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्।

पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४ सय ७९ पुगेको छ। शुक्रबार सबैभन्दा बढी मृत्यु क्यालिफोर्निया राज्यमा भएको छ। त्यहाँ एक हजार जनाको मृत्यु भएको छ।

अमेरिकामा संक्रमित संख्या ७ लाख नाघेको छ। बिहीबार एकैदिन अमेरिकामा ३१ हजार ४ सय २५ नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा एकैदिन सबैभन्दा बढी संक्रमित अप्रिल १० मा भेटिएका थिए। उक्त दिन ३५ हजार ७ सय १५ जना संक्रमित भेटिएका थिए।

अमेरिकाभर संक्रमण र मृत्युदर असमान छ। न्यूयोर्क जस्ता घना आवादी भएका सहरमा संक्रमणको असर धेरै छ। अमेरिकाका आधा संक्रमित र मृतक न्यूयोर्क राज्यबाट रहेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ४८ बजे