२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ३ : ५९ बजे