न्यूयोर्क । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख ८२ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार सोमबार बिहान २ बजे सम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ५५ हजार ९४ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९१३ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६१० जनाको मृत्यु भएको छ ।