न्युयाेर्क । बैसाख शुक्ल पूर्णिमा तथा बुद्ध पूर्णिमा मानव जातिका लागि ज्यादै महत्वपूर्ण दिनको रुपमा मानिन्छ । यो पवित्र दिनलाई भगवान बुद्धको जन्म, परिनिर्वाण र बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण दिन र पर्वको रुपमा मानिदै आएको छ ।
यस पटक २५६४ जयान्ती तथा बुद्ध पुणिर्मा विश्वभरि विशेष कार्यक्रमको साथ मनाएको छ । बुद्धपूर्णिमा र बुद्ध जयन्ती नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, मकाउ, सिंगापुर, म्यानमार, क्याम्बोडिया, लाओस र बौद्धधर्मवलाम्बी बसोबास गर्ने विश्वका हरेक देशहरुमा रहेको बौद्ध धर्म केन्द्रहरुमा मनाएका छन ।
हरेक वर्ष भव्यता साथ मनाउदै आएको बुद्ध जयान्ती यस पटक विश्वभरि कोरोना महामारिको कारण सामुहिक रुपमा मनाउन नपाएपनि हरेकले आ आफनै घरगुम्बामा दीप प्रज्वलनसँगै पाठपूजा र प्रर्थना गरि मनाएका छन । यो दिन विश्वभरिका बौद्धधर्मवलाम्बीले आ आफनो घरगुम्बामा विहान वेलुकी दीप प्रज्वन गरि भगवान बुद्धको पाठ पुजा र प्रर्थना गदै मनाएका छन् । यस पटक बुद्ध जयान्तीकै अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रंगरोगन गरि दिपप्रज्वलन गरिएको थियो ।
त्यस्तै नेपालमा बौद्धधर्म गुरु खेन्पो वगिन्द्र शिलाले बुद्धको जीवनी बारेमा प्रवचन दिएका थिए भने न्युयोर्कमा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढकले शेर्पा भाषामा र आचार्य ङवाङ सांगेले नेपाली भाषामा प्रवचन दिएका थिए । आचार्यले ङवाङले शेर्पा किदुगको गुम्बामा आयोजित बुद्ध जयान्ती विशेष कार्यक्रममा प्रवचन दिएका थिए ।