न्युयाेर्क । न्युयोर्कमा उपाचार गरिरहेका पेम्बा रिन्जी लामा शेर्पाको निधन भएको छ । ५२ वर्षीय लामाको न्युयोर्क प्रेस्टबेटरिन अस्पतालमा गत बुधाबार साझ निधन भएको जनाएको छ ।
उनी सोलुखुम्बु दुधकुण्ड नगरपलिका ५ छिनाक्पु गाउ निवासी हुन् । करिब ९ बर्ष अघि अमेरिका आएका उनी गत वर्षदेखि पेटको क्यान्सरको उपाचार क्रममा विगत ६ महिनादेखि हरेक दुई दुई हप्तामा किमोथेरापि लिदै आइरहेको छिनक्पु निवासी मिङमा गेल्जे लामा शेर्पाले बताए ।
एक वर्षदेखि उपाचारमा लाग्दै आएका उनी पछिल्लो समय कोरोनाको लगडाउन कारण नियमित रुपमा किमो लिन पाएका थिएन । घरमै आराम गरिरहेको अवस्थामा अचानक स्वस्थ्यमा समास्या आउन थालेपछि करिब एक हप्ता अघि अस्पताल भर्ना भएको उनको बुधाबार बेलुकी निधन भएको अस्पतालले जानकारी दिएको लामाले बताए । उनी कोरोनाको कारण नभई क्यान्सरको कारणले मृत्यु भएको जनाएको छ ।
श्रीमति, एक छोरा र एक छोरिका पिता उनी गत वर्षदेखिन उपाचारको क्रममा न्युयोर्कको क्विन्सस्थित एलमष्टमा बस्दै आइरहेका थिए । उनको सवै परिवार नेपालमा रहेका छन । ‘ अस्वस्थका कारण काम गर्न नसकेर विगत ३ महिनाको कोठाभाडा तिर्न कठिनाई भएपछि न्युयोर्कमा रहेका हामी छिनाक्पुका केही दाजुभाईहरुले कोठाभाडा सहयोग गरियो ‘ छिनाक्पुको मिङमा गेल्जे लामाले भने-‘ आफनै गाउले भोग्नु परेको यो दुखमा अझै केही सहयोग गरौ भन्ने सोचेकेा थिए उनको मृत्युको खबरले स्तब्ध तुल्यायो’ ।
पेम्बाको मृत्यु भएलगतै अन्तिम सस्कारको लागी मेरिल्याण्डस्थित विधान सभासदस्य एचवि भण्डारीलाई जानकारी दिए लगतै उनको पहलमा अन्तेष्ठिको लागी सहयोग गरेको छ । न्युयोर्कमा एक महिनादेखि कोरोनाले मृत्यु हुनेहरुको संख्या अत्याधिक भएकोले फेनरलहोमहरु सवै व्यस्त भएकोले चाडै अन्तेष्टिको लागी न्युजर्सिको रुवि मेमोरियल फेनरलहोममा भण्डारीले प्रक्रिया थालेको छ ।
उनको अन्तेष्टिको लागी फिनेरल होमले २८ सय ८१ डलर लिएकोमा विधान सभासद भण्डारीलाई फेनुरल होमले दिएको शिष्टचार छुट १३८१ डलर र बाकी भण्डारीकै पहलमा बाल्टिमोरस्थित फ्रेण्डस अफ स्पार्सको प्रकाश सराफको सहयोगले १५ सय डलर तिरिदिएको छ ।
यो किसिम सहयोग भण्डारीले यस अघि पवन मल्ल र विष्णु राईलाई पनि अन्तेष्टीको लागी यो सहयोग जुटाइदिएका थिए । ‘ नेपाली समुदायमा परेको यो दुखमा मृत्यु हुनेहरुलाई जतिसक्दो सहयोगसंगै छिटो अन्तेष्टिको लागि प्रयास गदै आइरहेको छौ’ विधान सभासदस्य भण्डारीले बताए ।