कतार एयरलाइन्सले कोभिड नाइन्टिन महामारिमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मिहरुको लागी बिशेष धन्यवाद सहित एक लाख टिकट निशुल्क दिने भएको छ । एयरलाइन्सले यो महामारिमा निकै संघर्षका साथ खटिने ती स्वस्थ्यकर्मिहरुलाई नायकको भुमिका निभाएको भनी यो सम्मान गरेको जनाएको छ ।
एयरलाइन्सले निशुल्क टिकट अन्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर दिन लागेको जनाएको छ । यो सुविधा लिनका लागी स्वस्थ्यकर्मिहरुले एयरलाइन्सको वेभसाइडमा गएर दर्ता गर्नु पर्ने र आएको प्रोमोसन कोर्डको आधारमा जहा गएपनि दुईतफीै हवाई टिकट लिन सकिने जनाएको छ । दर्ता मे १२ तारिख दोहाको समय अनुसार १ बजेदेखि देखि मे १८ तारिख बेलुकी ११ बजेभित्रमा दर्ता गर्न सकिने भएको छ । टिकट आगामी डिसेम्बर १० सम्मको लागी बुकिङ गर्न सकिने भएको छ ।
निशुल्क टिकटको लागी स्वस्थ्यकर्मिहरुले यो लिंकमा गएर दर्ता गर्नु पर्ने छ ।
https://www.qatarairways.com/en/offers/thank-you-medics.html?CID=ORALL923450