काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १८, महाेत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडाैं र सर्लाहीमा एक / एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मंगलबार विहानमात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । याे सँगै नेपालमा संक्रमितकाे संख्या २१७ पुगेकाे छ ।