६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु



काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा जटिलता देखिएर धुलिखेल अस्पताल ल्याइएकी ती महिलाकाे अस्पतालमै निधन भएकाे थियाे ।

बाँकेका नरैनापुर क्वारेन्टाइनमा रहेका ती युवककाे स्वाब भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

आइतबार बिहान मृत्यु भएका युवा भारतको मुम्बईबाट वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सीधै क्वारेन्टिनमा लगिएको थियो। उनकाे स्वाब शनिबार नै संकलन गरिएकाे थियाे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ५ : ०२ बजे