नेपालको पुर्व क्यीकुसियन कराते खेलाडीहरुको संगठन युनाइटेड नेपालिज क्यीकुसियन एडभान्समेन्टले यसै हप्ता अनलाइन कन्फेरेन्स मार्फत नया कार्यसमिति चयन गरेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार फिलिपिन्सको मनिलामा नेपाली नया बर्षको अवसरमा गर्ने भनी तयारी गरिएको कार्यक्रम कोभिढ नाइन्टीनको कारणले स्थागित गरिएको थियो । सस्थाले गत आइतबार एक दर्जन देशहरुबाट स्काइपको माध्यामबाट ९ सदस्यीय नया कार्यसमिति चयन गरेको निर्वाचन कमिटिका सदस्य निमा शेर्पाले बताए । उनका अनुसार अध्यक्ष पदको लागी बाहेक सवै पदहरु निर्विरोध भएका थिए ।
अन्तिम समयमा सदस्यहरुको मतदानले अध्यक्षमा क्यानाडाबासी भिमसेन कार्कीलाई निर्वाचित गरिएको थियो । त्यस्तै उपाध्याक्षमा अष्ट्रिलियाबाट सुरज श्रेष्ठ, वेलयतबाट सुरज कार्की, महासचिवमा न्युयोर्कबाट मोहन विष्ट, कोषाध्याक्षमा नेपालबाट इन्द्र सुरज मल्ल चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राम केसी अष्ट्रिलिया, धन लामा बहराइन, सुर्दशन सिम्खडा बेल्जियम र ज्ञान बहादुर तामाङ बहराइन भएको जनाएको छ । निर्वाचनमा समितिका संयोजकमा रमनसिंह फ्रान्स, सदस्यहरुमा अमेरिकाबाट निमा शेर्पा र बेल्जियमबाट सुर्दशन सिम्खडा रहेका थिए । यो सस्था एसियन गोल्डमेडालिष्ट रुपेश ढंगोलको अध्यक्षतामा गत वर्ष नेपालमा दर्ता भएको जनाएको छ ।