४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाद्वारा न्युयोर्कमा निरन्तर खाद्यान्न सहयोग


Ang

७ जेष्ठ २०७७, बुधबार  

0
Shares

न्युयाेर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुच दिलाउने उद्देश्यले न्युयोर्क सिटिसंगको सहयोगमा निशुल्क फलफुल र तरकारी वितरण गरेको छ । फाउण्डेसनले नियमित रुपमा खानेकुरा वितरण गरेको यो तेस्रो पटक हो ।

फाउण्डेशनको ज्याक्सनहाइटस्थित कार्यालय अगाडिबाट वितरण गरेको उक्त खानेकुरा न्युयोर्क सिटिको सेनेटर) जेसीका रामोसंगको सहकार्य गरी निशुल्क वितरण गरेको गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएको छ । उनका अनुसार रामोसले यस पटक फाउण्डेशनलाई ११ बोरा प्याज र १० बक्स स्याउ सहयोग वितरण गरेका थिए ।

फाउण्डेसनले क्विन्सबोरो पि्रसेड्न्ट बु्रकलिन बोरो पि्रसेडेन्ट, न्युर्योकको सिनेटर र एसेम्बलीम्यानको सहयोगमा आगामी जुन महिनाको १५ तारिखसम्म वितरण गर्न लागेको अध्यक्ष घिमिरेले बताए । फाउण्डेशनद्धारा वितरित खाद्य सामग्री वितरण कार्यक्रममा स्वयंसेवकहरु उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वाय प्रेम पौडेल, सुर्य सीम्खडा, कमला पन्त, केशवराम राई र प्रभात सापकोटा थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १ : ३० बजे