काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । बुधबार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार समिमेलनमा दिएको जानकारी अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।