मिनोपोलिस राज्यका सुरक्षाकर्मिले जोर्ज फलोइट नामक व्यक्तिलाई घाटी थिचेर यातना दिई अस्पताल लैजाने बेला मृत्यु भएको घटनाले अमेरिकाको विभिन्न राज्यहरु पुरै तानवमा रहेका छन । गत मे २६ तारिखको दिन मेनापोलिसको सुरक्षाकर्मिले काला बर्णको जोर्जलाई पक्रे वितिकै घुडाले करिब ५ मिनेट घाटी थिचेर शारिरिक यातना दिएको लगतै एम्बुलेसन्सबाट अस्पताल लैजादा गर्दा मृत्यु भएको थियो ।
उक्त घटना लगतै अमेरिकाको विभिन्न राज्यहरुमा विरोध गर्नेहरुको संख्या बडनुको साथै प्रहरीको गाडीमा आगलागी र तोडफोड हुन थालेपछि स्थानीय प्रसासनले कापर्यु समेत लगाएका छन । ४६ बषिर्य अफि्रकन अमेरिकन जोर्जलाई पक्रने सिलसिलामा अमानवीय ढंगबाट गरिएको उक्त कर्वाहीमा संलग्न ४ जना सुरक्षाकर्मिहरुलाई जागीरबाट निकाला गरेको सम्बन्धीत निकायले जनाएको छ । जोर्जको मृत्युको बारेमा अनुसन्धान भइरहेको छ भने जोर्जको घाटी थिच्ने सुरक्षाकर्मिलाई कर्वाही भइरहेको छ । गोरा सुरक्षाकर्मिले काला सर्वसाधारणलाई घाटी थिचेर दुख दिई यातना दिएको भन्दै मिनोपोलिस, लसएन्जलस, न्युयोर्क, पेन्सलभेनिया लगायतका राज्यहरुमा भइरहेको विरोधले पुरै तनावपुर्ण रुप लिन थालेको छ ।