विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ ।
गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ ।अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।
नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाटगुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।
गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ । त्यसका लागि सेटिङ्गमा जानु पर्दछ । त्यसपछि‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।
त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाई छ । फोटो सार्ने सेवाशुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नोफेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।