३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

विदेशबाट आएका नेपाली कोरिन्टिन बस्ने होटलको सूचि सार्वजनिक



विदेशबाट उद्धार गरेर ल्याइने नेपालीहरुलाई स्वेच्छामा कोरिन्टिन राख्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रारभ्मिक चरणको भन्दै ४७ वटा होटेलको सूची सार्वजनिक गरेको छ । यि होटलहरु पर्यटक स्ट्याण्डर्ड देखि चार तारेसम्म छन् ।

यि होटलहरुमा कोरिन्टिन बस्न चाहनेले खर्च भने आफै व्योहोर्नु पर्ने हुन्छ ।

सूची अनुअनुसार चारतारे होटल ३, तीनतारे ९, दुईतारे २, एक तारे ५, एउटा िडलक्स रिसोर्ट र पर्यटक स्तरका २९ होटल छन् । यस मध्ये ड्रिमल्याण्ड गोल्ड रिसोर्ट रुपन्देही र स्वीस इन्टरनेशनल होटल सरोवर पोखरा दुई होटल काठमाडौैं बाहिरका हुन् । बाँकी सबै काठमाडौंकै हुन् ।

होटल सँघ नेपालले यि होटलहरुको सूचि उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्षालय काठमाडौंले संकट ब्यवस्थापन समिितको जेठ १९ को निर्णय अनुसार काम होटलको प्रारम्भिक सूचि सार्वजनिक गरेको जनाएकझ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ८ : १८ बजे