काठमाडौँ । राष्ट्रिय जनता पार्ची र संघीय समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचनआयोगको कार्यालय, कान्तिपथमा आईतबार औपचारिक रुपमा निवेदन दिएको छ ।
दल दर्ताका लागि बुझाएको पत्रमा समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम चौथों नम्बरमा रहेको छ ।यसअघि महन्त ठाकुर र भट्टराई अध्यक्ष रहने कुरा सार्वजनिक भएको थियो । नयाॅ सूचि अनुसार अध्यक्ष द्वय महन्त ठाकुर र उपेन्द्र यादवछन् भने तेस्रोमान अशोक राई र चौथोंमा बल्ल भट्राई छन् । पार्टी एकीकरण हुने भएपछि नेतृत्व विवादका कारण औपचारिक प्रकृयमाजान सकेको थिए न । विवाद मिल्न नसकेपछि भट्टराईले त्याग गर्छु भनेको र उनलाई चौंथों नम्बरमा पुर्याईएको बताईएको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबिच एकीकरण हुने कुरा गत वैशाख १० गते नै राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरूमहन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरद सिं भण्डारी तथा समाजवादी पार्टीको तर्फबाट सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरी निर्वाचन आयोगमाजानकारी दिइएको थियो ।
पार्टीको घोषणापत्र, विधान लगायतका दस्तावेजहरूलाई अन्तिम रूप दिन तथा नेतृत्व व्यवस्थापनमा समय लागेकाले आइतबार साँझ ५बजेभन्दा केही अगाडी मात्र नेताहरू आयोग पुगेका थिए । दर्ताका लागि दिएको निवेदनको दर्ता नम्बर १३९२ रहेको छ ।
उक्त पार्टीले जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र, विधान तथा नियमावली मस्यौदाका लागि सहमतीपत्रमा हस्ताक्षर गर्ने ८जना मध्येका एक नेता राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा नवराज सुवेदी, लक्ष्मणलाल कर्ण तथा सर्वेन्द्र नाथ सुक्लाको ४ सदस्यीयदस्तावेज मस्यौदा समिति बनाएको थियो ।
उक्त समितिले बनाएको दस्तावेजलाई सम्बन्धित दुबै पक्षबाट प्राप्त सुझावको आधारमा अन्तिम रूप दिइएको थियो ।
जनता समाजवादी पार्टी, नेपालले आज निर्वाचन आयोगमा बुझाएको घोपणापत्रमा पहिचानसहितको सङ्घीयतालाई समुन्नत सङ्घीयशासन व्यवस्थाको रूपमा चित्रित गदै नेपाली विशेषताको समाजवादको आवश्यकता औंल्याइएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तसमुन्नत सङ्घीय समाजवादको विशेषताको रूपमा दश बुँदा उल्लेख गरिएको उक्त घोषणापत्रमा पार्टीको रणनीतिक लक्ष्य सङ्घीयशासन प्रणालीमा आधारित समाजवादी लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गरिएको छ ।