नेकपा सचिवालय बैठक स्थगित
२०७७ जेष्ठ ३२, आईतवार १४:३२

काठमाडौं — सत्तारुढ नेकपाको आइतबार ४ बजेका लागि बोलाएको सचिवालय बैठक स्थगित गरिएको छ ।
एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ ।