७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सर्वोच्च अदालतद्धारा ट्रम्प प्रशासनको विपक्षमा फैसल्ला


Ang

५ असार २०७७, शुक्रबार  

0
Shares

अमेरिकी सर्वोच्च अदालतले डिफर एक्सन एण्ड च्याइल्ड ( डाका ) खारेजको लागी ट्रम्प प्रशासनले ल्याएका योजनाको विपक्षमा निर्णय गरेको छ । सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई दिएको निर्देशनले ७ लाख युवा वयस्कहरूलाई सुरक्षा गर्ने भएको छ । ओबामाले सन २०१२ मा आफनो कार्यकालमा ल्याएको यो नितिले अमेरिका बाहिर जन्मेका कागजपत्रविहिन अप्रवासीहरुको सन्तानहरुलाइ निकै फाइदा भइरहेको छ । सन २००७ भन्द अगाडीदेखि १५ बर्ष उमेर नपुग्दै बाआमासग अमेरिका आएर विना कागज यही बस्दै आएकाहरु डाकाभित्र पर्छन । डाकामा रहेर अध्ययन गरिसकेकाहरु अमेरिकाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका छन ।

ओबामाको कार्यकालपछि रिपब्लिक पाटीबाट राष्ट्रपति बनेका डोनल्ड ट्रम्प प्रशासनले सन् २०१७ को सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । डाका खारेजीको लागी निकै कसरत गरेपनि सर्वोच्च अदालतले ति युवाहरुकेा पक्षमा यो फैसल्ला गरेको हो । सर्वोच्च अदालतको निर्णयपछि मेरिल्याण्ड राज्यका विधान सभासदस्य एच वि भण्डारीले यस्तो प्रतिक्रिया दिए ‘ पृथ्वीको सबै भन्दा धनि र सबै भन्दा उदार देश अमेरिकी तरीकानै सर्वोच्च अदालतको यो फैसला हो’ उनले भने-‘ डेफोरएण्ड च्याइल्ड प्राप्तकर्ताहरू दैनिक निर्वासनको डर बिना संयुक्त राज्यमा बस्न र काम गर्न जारी राख्न सक्ने अदालतले फैसला सुनाएकोमा धन्यबाद, चीफ जस्टिस जोन रोबर्ट्स ‘ विधान सभासदस्य भण्डारीले भने । उनका अनुसार राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने ६० प्रतिशत अमेरिकी डाकालाई  समर्थन गर्छन ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ५७ बजे