३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

कोरोनाको पीडा भरिएको गीत ‘यसलाई पर्दा’ सार्वजानिक


Ang

१३ असार २०७७, शनिबार  

0
Shares

कोरोनाले मानव समुदायमा पारेको असरलाई लिएर ‘यसलाई पर्दा उसले हेथ्र्यो’ वोलको गीत सार्वजानिक भएको छ । नेपाल आईडल तेस्रो सिजनका प्रतियोगी प्रविण वेडवालको स्वर रहेको सो गीतको रचना एवं संगीत बसन्त लम्सालले गरेका छन् । स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको तिम्रो जस्तो मुटु, प्रसिद्ध गायक नरेन्द्र प्यासीको स्वर रहेको के भुल भयो प्रिया जस्ता मर्मस्पर्षी गीतहरु नेपाल आईडलको स्टेजमा गाएर धेरै संगीतप्रेमी दर्शक स्रोताको मन मुटुभित्र बसेका प्रविणले गाएको यो गीतले संगीतप्रेमीहरुलाई मात्र छुदैन समग्र मानवजगतलाई उनीप्रति आकर्षित गरिदिएको छ ।

उता रेडियो नेपालमा गीत गाएर आफ्नो संगीत यात्रालाई सुभमुहुर्त गरेका संगीतकर्मी लम्साल पछिल्लो समय अमेरिकाको कोलोराडोमा वस्दै आएका छन् । पछिल्लो पटक व्यवसायीको परिचय वनाएका लम्साल प्रवासबाट कहिले आफनै स्वर दिएर त कहिले अरुको लागी रचना एवं संगीत दिएर नेपाल गीतसंगीतको मोह नछोडेको वताउछन् । उनको गीतले प्रकृतिमा वीजयी प्राप्त गरेको दावी गर्दे आएको मानव अस्तित्वलाई कोरोनाले दिएको चुनौती र यसको असरको विषयलाई समेटेको छ । गीतले कोरोनाले मानवजातिमा बज्रपात पारेको र उसको अगाडी निरिह वनेको यथार्थ चित्रण गरेको छ । सवै कोरोनाको असरले जिउदाको जन्ति र मर्दाको मलामीको उखाननै उल्टाईदिएको छ गीतले शव्दमार्फत वोलेको छ । पछिल्लो पुस्ताले आफुलाई कोरोनाले दिएको पीडा सहेर अरुलाई विशेषगरि पछिल्लो पुस्ता छोरानातीलाई केहिनहोस भन्ने सन्देश छ गीतमा । सो गीतलाई बुढासुव्बा डिजिटलले सार्वजानिक गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ११ : ०४ बजे