मूस्ताङ किदुग यु.एस.ए ले कोभिढ नाइन्टिन कोरोना संक्रमणको कारण नेपालमा दुख पाइरहेका ब्यक्तिहरुको सहयोगको लागी विभिन्न ९ परोपकारी सस्थाहरु मार्फत १४ लाख ५० हजार १ सय अठतिस रुपिया हस्तान्तरण गरिएको जनाएको छ ।
किदुगले नेपालमा रेडक्रस सोसाइटी मुस्ताङ, कृष्ण कढेल इन्द्रेणी परिवार, संयुक्त अपांग एकता आवज केन्द्र , बार्हा गाउ मुक्ति क्षेत्र गाउपालिका, म्यागी डोएन विल्किनाउ फाउण्डेसन, भाग्या न्योपाने, दिलशोभाको आमाको घर, साहारा घर र बेवि लाइफ होम मार्फत दुख पाएको व्यक्तिहरुलाई सहयोग हस्तन्तरण गरेको छ ।
मुस्ताङ किदुगले कोरोना संक्रमणको इपि सेन्टर न्युयोर्कमा भयवह स्थिति हुदा प्रत्येक घरधुरीका सदस्यहरुलाई पुग्ने गरी सुरक्षाको लागि स्वस्थ्य समाग्रीहरुको साथै ६ हजार थान N95 तथा सर्जिकल माक्स ६ हजार ५ सय अमेरिकी डलर बराबरको सामाग्री बितरण गरिएको जनाएको छ ।
नेपालमा दुख पाएको पिडितहरुको सहयोगको लागी किदुगले आफनै सदस्यहरुबाट आर्थिक संकलन गरेर सहयोग पठाएका थिए । यो मानविय कार्य किदुगका अध्यक्ष पेमा छिरिङ गुरुङ, सदस्य सचिव मानाव गुरुङ र कार्यसमिति सदस्यहरुको पहलमा यो सहयोग रकम संकलन गरेका थिए । त्यस्तै कार्यसमितिलाई निवर्तमान अध्यक्ष तथा संरक्षक राजकुमार विष्टले सल्लाह र सुझाव दिएका थिए ।
मुस्ताङ किदुगले यस अघि ईन्डोनेसियमा सुनामी गएको बेला , मातृभुमी नेपालमा भुकम्प गएको बेला ,तराई क्षेत्रमा बाढी पहिरो गएको बेला समेत आर्थिक सहयोग गदै आएको किदुगले जनाएको छ । यसका एनआरएनएको लाप्राक बस्ती निर्माण, मुस्ताङ काठमाण्डौ गुम्बा निर्माणमा समेत किदुगले आर्थिक सहयोग गदै आएका थिए । किदुगबाट पठाएको आर्थिक सहयोग रकम सम्बन्धित पिडित पक्षलाई प्रत्यक्ष रुपमा वितरण गरिदिनु हुने नेपाल स्थित सबै परोपकारी संस्थाहरुलाई मुस्ताङ किदुग अमेरिकाले विज्ञाप्ती मार्फत धन्यवाद दिनका साथै पिडित पक्षलाई थौरै भए पनि लाभ होस भन्ने आशा गरेको छ ।
मुस्ताङ किदुगले नेपालका यी विभिन्न सस्थाहरुलाई हस्तन्तरण गरिएको जनाएको छ ।
Donation to Different Organization in Nepal from Mustang Kyidug USA, Inc.
- Red Cross Society Mustang Rs 1,00,000. (One Lakh ).
- Krishna Kadel Ji to Indreni Pariwar Rs 3,00,000 (Three Lakhs )
- Joint Disabled Unity Awaz Center to Mr Til Bahadur Karki Rs 1,00,000 (One Lakh ).
- Bara Gaon Mukti Chetra Gaon Palika Rs 2,00,000 ( Two Lakhs )
- Maggie Doyne @ BlinkNow Foundation Rs 3,00,000.
- Bhagya Neupaney Rs 2,00,000 ( Two Lakh ). The amount has already been sent to Bhagya Neupaney Ji but he hasn’t collected it yet.
- Aamakoghar to Dil Shova Shrestha Rs 1,00,000. ( One Lakh ).
8.Sahara Ghar ( Asahaya, Aanath, Apanga ra Asakta haru ko Sahara Ghar ) Rs 1,00,000 ( One Lakh )
- Baby Life Home ( Organization taking care of Children with HIV Positive especially from less Privileged Community) Rs 50,000 ( Fifty Thousand Rupees Only )