कोरोना महामारिमा अमेरिकामा प्रवासी नेपाली एकता मञ्चले न्युयोर्क र टेक्सासको डयालासमा रक्तदान कार्यक्रमको आयोजना गरियो । न्युयोर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा भएको रक्तदानमा ९१ जनाले रक्तदान गरेको मञ्चको अध्यक्ष टेक गुरुङले एभरेष्टटाइम्सलाई बताए । उनका अनुसार १ सय ३७ जना रक्तदानको लागी उपस्थित भएकोमा ९१ जनाले रगत दिन पाएका थिए ।
टेक्सासको डयालसमा भने २३ जना उपस्थित भएकोमा १७ जनाले रगत दिन पाएको अध्यक्ष गुरुङले बताए । न्युयोर्कमा रक्तदान कार्यक्रमको संयोजन कृष्ण आचार्यले गरेका थिए भने रक्तदान गर्नेहरुलाई एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए । यस पटकको रक्तदानमा रक्तदाताहरुले अनलाइनबाटै आफनो नाम दर्ता गरेका थिए । न्युयोर्क ब्लड सेन्टरसंग मिलेर गरेको रक्तदान कार्यक्रममा अनिवार्य मक्ससंगै ज्वरो र स्वस्थ्य अवस्था जाच गरेर मात्र रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा नेपाली समुदायका प्रतिनिधिहरुका साथै अन्य मुलुकका नागरिकहरु पनि थिए । कार्यक्रममा सवैभन्द धेरै रक्तदान गर्ने अर्जुन मैनालीले यो समेत गरि १सय ७९ पटक रक्तदान गरेका छन ।