२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

उसु खेलाडी वीरमानको अन्त्येष्टि



काठमाडौं उसु खेलाडी वीरमान वाइबाको आज अन्त्येष्टि गरिएको उनके धार्मिक विधि तथा परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टिगरिएको नेपाल उसु महासङ्घले जनाएको

अन्त्येष्टिअघि वाइबाको शव श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा राखिएको थियो युवा तथाखेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल राष्ट्रियतथा अन्तरराष्ट्रिय खेलाडीका सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु क्योकुसिनका प्रशिक्षक, खेलाडीलगायतले वाइबाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए

नेपाली सेनामा आबद्ध उनलाई सेनाले अन्तिम सलामीसमेत दिएको थियो वाइबाको आइतबार काभ्रेपलाञ्चोकको बेथानचोकस्थितउनकै निवासमा २७ वर्षको उमेरमा निधन भएको थियो वाइबाले सन् २०१८ मा इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमानेपालबाट सहभागिता जनाएका थिए उनी राखेप च्याम्पियनसिपको पदक विजेतासमेत थिए शुरुआतमा वाइबा क्योकुसिन करातेकाखेलाडी थिए

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : १८ बजे