२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

ओस्कार विजेता मोरिकनको निधन



विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको

चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो उनले झण्डै ५०० चलचित्रकालागि सङ्गीत सृजना गरेका छन्

कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन्

उहाँले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उहाँका सुभेच्छुक तथा उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन्

उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने

उनको निधनप्रति देशवासी विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान क्षमताको स्मरणगरेका छन्

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ०५ बजे