२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेफिन आईसीसीको तदर्थ समिति गठन



जुलाई नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो

बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको उक्त समितिको सहसंयोजकद्वय किसन राईहङकङ खुसी लिम्बूबेलायत रहेका छन् समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन्

युगेल तेन्डुप शेर्पादक्षिण कोरिया, रश्मी थापामगरक्यानडा, मणी थेवेअस्ट्रिया, हेम गुरुङपोर्चुगल, विनोद पोमोअमेरिका, कुमारबलामीयूएई सुदर्शन थापामगरअस्ट्रेलिया समितिमा सदस्य रहेका छन्

गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने उल्लेख गरिएको विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो

सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकले समेत महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वयपरिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको

अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : ०६ बजे