आदीवासी जनजाती महासंघ अमेरिकाले नेपालमा कोरोनाको कारण दुख भोग्नु परेका व्यक्ति तथा परिवारलाई सहयोग दिने क्रममा नेपालको लोपोन्मुख तथा विपन्न समुदाय राउटे जातिको ५३ परिवारलाई राहत वितरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समितिका अध्यक्ष खगेन्द्र पुन मगर र नेफिन गुरास गाउपालिकाको समन्वयमा राउटेहरुको परिवारलाई राहत सहयोग वितरण गरेको महासंघले जनाएको छ ।
‘ यो दुखको बेला नेपालको अति विपन्न राउटे समुदायलाई राहत वितरण गर्न पाउदा हामीलाई आत्मासन्टुष्टी प्राप्त भएको छ’ आदीवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले भने-‘ यो सहयोग अभियानमा साथ दिने सवैलाई धन्यवाद दिन चाहान्छु ‘ । उनका अनुसार महासंघले २० लाख रुपिया सहयोग संकलन गरेर दुख पाएकाहरुलाई प्रथामिकताको आधारमा राहत सहयोग गरिरहेको बताएको छ ।
महासंघको यो अभियानलाई सहयोगीहरुले गोफण्ड र जेलोबाट अहिलेसम्म करिब १५ लाख भन्द बढि आर्थिक सहयोग गरिसकेका छन । उक्त सहयोग रकमबाट यस अघि गत असार २१ गते देखी पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रका विभिन्न अनाथालयमा बस्ने बृद्वाहरू , सडक वालवालिकाहरू , घरबार विहिनहरूलाई १० दिनको लागी लगातार विभिन्न स्थानहरुमा खाना वितरण गदै आइरहेको छ । त्यस्तै सिराह जिल्लाको कल्याणपुर नगरपालिका वडा न १ स्थित ६० घर मुसहर समुदायलाई दोश्रो चरणमा असार २२ गते राहत वितरण गरिएको जनाएको छ ।
तेस्रो चरणमा असार २५ गते दैलेख जिल्लाको गुरास गाउपालिका वडा १ र ५ मा रहेका राउटेको ५३ परिवारलाई, असार २६ गते धनकुटाको लेउती कोरिडोरका मजदुरहरूको ६५ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै सुनसरीको मधुवन कोशी टप्पु , कोशी गाउपालिकाका ४० परिवार मजदुरहरू र तमोर कोरीडोरका माझी समुदायलाई असार २९ गते राहत सहयोग वितरण गर्ने भएको छ । राहत सहयोगमा प्रति परिवार २५ किलो चामाल, २ किलो दाल , एक लिटर तेल र १ प्याकेट नुनका दरले वितरण गरिएकेा जनाएको छ । काठमाडौ उपत्यकामा प्रत्येक दिन ३ सय जनालाई खाना वितरण गर्नुको साथै उपत्यकामा घरभार विहिनहरूलाई २० वटा त्रिपाल समेत वितरण गरीएको जनाएको छ ।
यो सहयोग अभियानको लागी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वयमा स्थानिय गाउपालिका , स्थानिय संघसंस्थाहरू , नेफिन शाखाहरू , फोनिज केन्द्र तथा विभिन्न सामाजिक अभियन्ताहरूसंग सहकार्य गरीरहेका अध्यक्ष चेम्जोङले बताए ।