काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामादेखि अर्बपति बिल गेट्ससम्मको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ ।
ह्याक गरिएकीमा अर्बपतिहरु धेरै छन् । गेट्सलगायत एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याकभएको छ ।
ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ ।
बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘जसले पनि मलाई समाजमा फर्काउने कुरा गरिरहन्छ । अब त्यो समय आइसकेको छ । तपाईंमलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु ।’
टेस्लाका प्रमुख एलन मस्कको अकाउन्ट पनि पोष्ट गरिएको ट्वीटमा आगामी एक घण्टासम्म बिटक्वाइनमा पठाइएको पैसा दोब्बर फिर्तादिइने उल्लेख छ । बिटक्वाइनको ठेगानाको लिंकसँगै गरिएको ट्वीटमा लेखिएको छ, ‘म कोरोना महामारीका कारण दान गर्दैछु ।’
त्यस्तै पूर्वराष्ट्रपति ओबामा, डेमोक्रेटिक पार्टीका राष्ट्रिपति उम्मेदवार जो बाइडेन, विश्वका ठूला कम्पनीहरु उबर र एप्पलको अकाउन्टपनि ह्याक गरिएको छ ।
ट्वीटरले यस घटनाको जाँच गरिरहेको र छिट्टै विस्तृत रुपमा जानकारी दिने जनाएको छ । –एजेन्सी