२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

प्रवासबाट लिम्बु परिवारले दिए ताप्लेजुङ गाउबासीलाई ८ लाख रुपियाको राहत सहयोग


Ang

२ श्रावण २०७७, शुक्रबार  

0
Shares

कोरोना भाइरस महामारीको कारण नेपालमा दुख पाइरहेका नेपालीहरुको सेवामा वेलयत र अमेरिकामा बस्ने लिम्बु परिवारले आफनो अभिभावकको सम्झनामा सम्झनामा ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउपालिकाको २ सय ७९ परिवारलाई ८ लाख रुपियाको राहत सहयोग गरेको छ ।

उक्त राहत फक्ताङलुङ गाउापालिका वार्ड न. ४ साबिक ईखाबु ५ का हाल लण्डन युकेबासी चीरेन्द्र लाबुङ लिम्बु , न्युयोर्क अमेरीकाबासी शिव कुमार लाबुङ , वीरेन्द्र हाङ लाबुङ , सम्झना लाबुङ लगायतका परिवारहरुले आफनो दिवङ्गत पिता र बाजे स्व. प्रेम बहादुर लाबुङ , आमा र बोजु स्व. पुर्णवति थलङ लाबुङ र पिता र दाजु स्व. तारासिंह लाबुङको संझनामा बितरण गरीएको पुर्ब गा. बि. स. अध्यक्ष मणि प्रसाद लाबुङले जानकारी दिएको छ ।
उनीहरुले दिएको राहत ताप्लेजुङको फक्ताङलुङ गाउापालिका वार्ड नं. ४ साबिक ईखाबु गा. बि. स. वार्ड नं. १ खानी ,सेतोबा , साप्चुङ्वा , खुपातल , सेगुङवा , युखाबो र फक्ताङलुङ गाउपालिका वार्ड नं. ३ साबिक लिङखिम गा. बि. स. वार्ड नं. १ थिवा गरेर कुल २७९ घर परिवारलाई ८ लाख रुपैंया बराबरको प्रत्येक घरलाई ३० केजीको जुनेली चामल १ बोरा , दाल केजि १ र खाने तेल लिटर १ राहत स्वरुप बितरण गरीएको छ ।

यो महामारी र लकडाउनले प्रभावित सयौं गाउले दाजुभाई दिदिबहिनीहरुको लागी प्रवासबाट थोरै भएपनि गरेको सहयोगले लाभान्वित भएकोमा आफुलाई खुशिको अनुभूति भएको युके निवासी चीरेन्द्र लाबुङ, र अमेरीका निबासी शिव लाबुङले बताए । आफनो मातापिता र हजुरबुुबाआमाको सम्झनामा वितरण गरेको राहत कार्यक्रम सफल बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने फक्ताङलुङ गाउपालिका , फक्ताङलुङ ४ का वडासमिति , जनप्रतिनिधिहरु , स्वयसेवकहरु र समाजसेवि सबैलाई अमेरिकाबासी वीरेन्द्र लाबुङ लिम्बुले धन्यवाद दिएका छन ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ३५ बजे