९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

जनजाति महासंघले गुहार्यो मानव अधिकार आयोग



काठमाडौँ नेपाल आदिवासी जनजाति महासंघले चितवनका राजकुमार चेपाङको सेनाको कुटाइबाट भएको मृत्युबारे मानव अधिकारआयोगको ध्यानाकर्षण गराएको  

महासंघका अध्यक्ष जगतबहादुर बराम नेतृत्व टोलीले आइतबार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेर आइतबार ध्यानाकर्षणपत्रबुझाएको हो मानिसको बाँच्न पाउने अधिकारको ठाडो उल्लंघन गरिएको मानवअधिकार विरोधी, अमानवीय, कारुणीक, जघन्यहत्याप्रति घोर निन्दा भर्त्सना गर्दछ,’ पत्रमा , ‘सेनाको क्रूर बरबरतापूर्ण कुटाइका कारण मृत्यु भएका राजकुमार चेपाङको परिवारलाईउचित क्षतिपूर्तिसहित परिवारको गाँस, बास, कपासको दीर्घकालीन व्यवस्था गरियोस् त्यसैगरी घटनाको दोषीमाथि कडा कारबाहीहुनुपर्ने घाइतेहरू निःशुल्क उपचार हुनुपर्ने भनेको  

महासंघले कुसुमखोलामा बसोबास गर्दैआएका चेपाङलगायत आदिवासीको घरबास उठिवास तुल्याइएप्रति खेद प्रकट गर्दै उनीहरुकोआवासका हक सुनिश्चित गरिनु पर्ने भनेको  कुसुमखोलाका चेपाङहरुको घर भत्काउने हात्ती लगाएर घर भत्काउने घटनामा संलग्नसुरक्षाकर्मी कर्मचारीहरुमाथि निष्पक्ष अधिकार सम्पन्न उच्चस्तरीय अध्ययन अनुसन्धान कार्यदल गठन गरी सत्यतथ्य बुझ्ने कामहुनुपर्छ,’ ध्यानाकर्षणपत्रमा  

ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष शर्माले नागरिकको बाँच्न पाउने अधिकारीको संरक्षण हुन नसकेको बताए नागरिकको मानवअधिकारप्रति सरकारको ध्यान पुग्न सकेको छैन,’ अध्यक्ष शर्माले टोलीलाई आश्वस्त पार्दै भने, ‘नागरिकको मानव अधिकारको संरक्षण, पीडितमाथि न्याय, क्षतिपूर्तिका निम्ति हाम्रो पहल हुनेछ 

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ०१ बजे