५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

पत्नी हत्या गर्ने कोइरालाको मुद्दामा पुनःसुनुवाइ हुने



काठमाडौं सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइगर्न अनुमति दिएको

न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो मुद्दामा पुनरावलोकन गर्न अनुमति दिनेआदेश दिएको हो गत असार १५ गते  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासलेगरेको फैसलाउपर पुनःसुनुवाइ हुन लागेको हो सो फैसलापछि कोइराला यही साउन गते डिल्लीबजार कारागारबाट छुटेका थिए

पूर्वडिआइजी कोइरालाले २०६८ सालमा पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्लाअदालत ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो

जिल्ला पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउनेफैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो पुनरावलोकनको अनुमति पाएको हुनालेउक्त मुद्दामा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ

सर्बोच्चको उक्त सजाय घटाउने फैसला पछि ब्यापक अलोचना हुदै आएको

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : १५ बजे