८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

नेपालमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना उपचार



स्काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नकालागि १२ अस्पताललाई तोकेको

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले यस पद्धतिबाट कोभिड१९ का गम्भीर अवस्थामा पुगेकासङ्क्रमितको उपचार गर्न अनुसन्धान गर्नका लागि नौ सरकारी तीन निजी अस्पताललाई स्वीकृति दिएको जानकारी दिएका छन् कोभिड१९ को गम्भीर अवस्थाका बिरामीलाई यस विधिबाट उपचार गरे बचाउन सकिन्छ

उनका अनुसार सरकारी अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल काभ्रे, त्रिभुवन विश्वविद्यालयशिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, नारायणी अस्पताल वीरगञ्ज, कोशी अस्पतालविराटनगर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगञ्ज सेती अस्पताल धनगढी रहेका छन्

यसैगरी निजी अस्पतालमा मेडिसिटी अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल ह्याम्स अस्पताल रहेका छन् अनुसन्धानमा संलग्न हुनकालागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक संयोजक तोकिएको

नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको यसविधिअनुसार कोभिड१९ बाट सङ्क्रमणबाट पूर्ण रुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमितव्यक्तिमा रगत हाल्ने गरिन्छ त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्दछ

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : २८ बजे