१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपालमा थपियो ३८१ जनामा सङ्क्रमित



काठमाडौं पछिल्लो २४ घण्टामा नेपालमा थप ३८१ जनालाई कोभिड१९ को सङ्क्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमाबुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित हजार १७४ रहेको बताए

देशरभमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या नौ हजार ९२५ रहेको त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १३०जना रहेको हालसम्म १५ हजार १५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् जम्मा सङ्क्रमितमा ७० दशमललव प्रतिशत निकोभएका छन् देशको कूल जनसङ्ख्यामा दशमलव प्रतिशतको पिसिआर परीक्षण भएको भने परीक्षण भएकामा दशमलव प्रतिशतमा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए

देशभरमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी कैलाली रहेका छन् पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीरुमा कोरोना पुष्टि भएको हो नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट सिराहा रहेको त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेलापरेका छन्

त्यस्तै हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ रुकुम गरी सात जिल्ला छन् मन्त्रालयले दिएको जानकारी अनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ६० पुगेको पर्साका १९ वर्षीय युवती पर्साकै ४६वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ३३ बजे