काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ । २४ घन्टामा संक्रमण पुष्टी र मृत्यु हालसम्मकै धेरै हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म ५ लाख ४२ हजार ८ सय ६६ पीसीआर परीक्षण भएको छ त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८५ जना छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ९ सय २६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १० हजार ५६३ जना रहेको छ ।