५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

समाजसेवि युवा अमर तामाङको निधन


Ang

३ भाद्र २०७७, बुधबार  

0
Shares

न्युयोर्कको नेपाली समुदायमा सक्रिय समाजसेविको रुपमा परिचित युवक अमर तामाङको उपाचार क्रममा निधन भएको छ । उनको उपाचारमा आफन्तको रुपमा हेरचाह गरिरहेका लुइसाइ वाइवाका अनुसार उनी गत फेवररीदेखि कलेजोको क्यान्सरको उपाचार गर्ने क्रममा बुधाबार विहान निधन भएको हो । उनको पार्थिव शरिर चाडै नेपाल पठाउनका लागी पहल गरिरहेको वाइवाले बताए ।

‘ स्व अमरको आफनै इच्छा र आफन्तहरुको अनुरोध अनुसार उनको पार्थिव शरिर नेपाल पठाउन विमान कम्पनिहरुसंग सम्पर्क गरिरहेका छौ’ । उनी विरामी भएको वेलानै नेपाल जाने भनी टिकट लिएर तयारी गरिरहेको थियो तर अस्पतालले यात्रा गर्ने अनुमति नदिएकोले जान नसकेको वाइवाले बताए ।

लामो समयदेखिन न्युयोर्कमा समाजसेवा गदै आएका उनी नेपालमा कास्की जिल्ला माछामुच्छ्रे गाउपालिका वडा न १ मा जन्मेका हुन । स्व तामाङ जन सम्पर्क समिति न्युयोर्क च्याप्टरको उपसभापति, कास्केली समाजको महासचिव र तामाङ सोसाइटी अफ अमेरिकाका पुर्व महासचिव हुन । स्व तामाङले लामो समयदेखिन अमेरिकी नेपाली समुदायको हरेक गतिविधिहरुको साथै नेपालको सामाजिक क्षेत्रमा योगदान दिदै आएका छन ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : ३१ बजे