अमेरिकामा अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गदै आएका मिङमार गेल्बु शेर्पाले युनिभसिटि अफ टेक्सास मेडिकल ब्रान्चबाट क्लिनिकल ल्याब साइन्समा विद्यावरिधि (डक्टरेट) गरेका छन । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुमा क्लिनिकल ल्याब साइन्स विषयमा विद्यावरिधि गर्ने उनी तेस्रो विद्यार्थी हुन । निकै मेहनतका साथै अध्ययन गदै आएका उनी अहिले मिजौरी राज्यको मिसिसिपि भ्याली ब्लड सेन्टरको ल्याब म्यानेजरको रुपमा कार्यरत छन ।
नेपालमा सप्तगण्डकी बोर्डिङ स्कूलबाट १० कक्षा, त्यसपछि सिद्धार्थ बनस्थलीमा प्लस टु को अध्ययन पाश्चत उनी मिनेसोटास्थित विनोना स्टेट युनिभर्सिटिमा क्लिनिकल ल्याब साइन्स विषय अध्ययन गर्न अमेरिका आएका थिए । ४ बर्षको ब्याचलर अध्ययनपछि यस क्षेत्रमा हासिल गरेको अनुभवसंगै युनिभर्सिटि अफ टेक्सासबाट गत सुक्रबार क्लिनिकल ल्याब साइन्समा विद्यावरिधि गरेका हुन ।
सोलुखुम्बु दुधकुण्ड नगरपालिका सल्लेरी निवासी दावा शेर्पा र पासाङ ल्हेकी शेर्पाको जेठो छोरा मिङमारले विद्यावरिधिको लागी सेन्ट लुइस युनिभसिटि अस्पतालका २१ जना क्यान्सरका विरामीहरुको उपाचारमा ब्लड ट्रान्सफयुजन र बोनमेरो ट्रान्सप्लान्टेसनको बारेमा अनुसन्धान गरि सोधपत्र बुझाएका थिए । उन सन २०१० मा जनरल ल्याबरोटरी टेक्नोलोजिष्ठको रुपमा काम गदै सन २०१४ मा ब्लड ट्रन्सफुजन मेडिसिनको स्पेसलाइज कोर्स गरेका थिए । अहिले उनी ६ जना क्लिनिलक ल्याब टेक्नोलोजिष्टलाई नेतृत्व गदै मिजौरिको ल्याबमा म्यानेजरको रुपमा कार्यरत छन । जुन ल्याब त्यस क्षेत्रको सबै अस्पतालहरुको जाच गर्ने ल्याब हो ।
‘ आफुले गरेको मेहनेत अनुसार पाएको यो उपलब्धिले मलाई निकै खुसी लागीरहेको छ’ मिङमार गेल्बु शेर्पाले भने—‘ शुरुमा एमडिनै गर्छु भनेर आएको थियो तर समय परिस्थिति अनुसार ल्याब साइन्समा विद्यावरिधि गर्ने मौका पाए ’ । अमेरिकामा सन २०१६ देखि शुरु भएको यो नया डिग्रि भएकोले यसैमा रुचि लागेर अध्ययन गदै आएको उनले बताए । टेक्सास, न्युजर्सि दुई राज्यमा मात्र विद्यावरिधिको लागी पढाई हुदै आएको यो विषयको लोकप्रियता पछिल्लो समय बड्न थालेपछि अहिले क्यानसास राज्यमा पनि उच्च अध्ययनको लागी पढाई हुन थालेको उनले बताए ।
‘ बड्दो खतरानाक रोगहरु आइरहेको यो बेला डाइगनोस्टिक म्यानेजमेन्टलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना बनाएको छु’ मिङमारले भने—‘ आफुले पाएको शिक्षा र ज्ञान अनुसार भविष्यमा नेपालमा ल्याबको सुधारको लागी केही प्रोजेक्टहरु गर्ने योजना समेत बनाएको छु’ । त्यही प्रोजेक्टको लागी बेला बेलामा नेपालको ल्याबको चिकित्सहरुसग कुरा गरिरहेका उनले बताए । ‘ भविष्यमा यहा हासिल गरेको ज्ञान र अनुभवको आधारमा नेपालमा गएर त्यहाको ल्यावमा केही सुधार गर्न सकिन्छ की जस्तो लाग्छ ’ मिङमारले बताए ।