नेपालमा ३३ हजार पाॅच सय कोरोना सङ्क्रमित
२०७७ भाद्र ९, मंगलवार १७:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आयोजित नियमितपत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी बुधबार ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्कनु भएको छ । यो सँगै कोरोनासङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।
मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागतआइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४५३ जनारहेका छन् ।